Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

११ दिनको पैदल यात्राः काठमाडौं आइपुगे मिटर ब्याज पीडित

२०७९ चैत्र १२ गते

बैंकिङ खबर/११ दिनको पैदल यात्रापछि तराई मधेसका मिटर ब्याज पीडित काठमाडौं आइपुगेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् ।

मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास–काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन् । तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् ।