Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

“Global Money Weeks”मा कुमारी बैंक चन्द्रौटाको वित्तीय साक्षरता कार्यक्रम

२०७९ चैत्र ११ गते

   बैंकिङ खबर/कुमारी बैंक चन्द्रौटा शाखाले विश्व वित्तीय सप्ताह (Global Money Weeks)२०२३ को अवसर पारेर कपिलवस्तुको शिवराज न.पा ५ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

समयथान बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा कक्षा १२ देखि स्नातक(विविएस)सम्मका १ सय ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बैंकका शाखा प्रबन्धक विकाश खनाल र कर्जा अधिकृत कृष्ण बाबु घिमिरेले कार्यक्रममा बोल्दै वित्तीय साक्षरताको महत्व, फाईदा, बचत,  भविष्यको आर्थिक भैँपरीबाट बच्न सकिने विषय, फजुल खर्छ नियन्त्रण र लघु उद्यममा विषयमा सूक्ष्म रुपमा जानकारी गराएका थिए ।

आजको बचतबाट नै आफ्नो सपना भोलिका दिनमा पूरा गर्न सकिने भन्दै आजैबाट बचत गर्न समेत प्रेरित गरिएको थियो । त्यसैगरी डिजिटल बैंकिङका बारेमा पनि कार्यक्रममा प्रष्ट पारिएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले जानी नजानी अनावश्यक शिर्षकमा फजुल खर्च गरेको र अब उप्रान्त खर्च गर्दा सोच विचार गरेर मात्र खर्च गर्ने भन्दै कार्यक्रमले बचत गर्न सिकाएको प्रतिक्रिया दिएका थिए ।