
बैंकिङ खबर/ विश्वका धेरै बैंकहरु यतिबेला टाट पल्टिएका छन् । साना बैंकलाई समस्याबाट बाहिर निकाल्ने कोसिस गरेका कैयौँ देशका केन्द्रीय बैंक आफैँ संकट झेलिरहेका छन् ।
यतिबेला विश्वकै बैंकिङ कर्पोरेसन समस्यामा छ । अहिलेको अवस्थालाई हेर्दा सन् २००८ मा भएको वैश्विक वित्तीय संकटजस्तो स्थिति नदोहोरिएला भन्न सकिन्न । अमेरिका र युरोपका नेता तथा केन्द्रीय बैंकले आफ्नो वित्तीय अवस्था स्थिर र बलियो रहेको विश्वास दिलाइरहेका छन् । तर, यथार्थमा स्थिति उनीहरूले भनेजस्तो छैन । अहिले विश्वव्यापी रूपमै पुँजी लगानीकर्ता त्रसित छन् । यही कारणले विश्वको सेयर बजार, विशेषगरी बैंकिङ सेक्टरको सेयरमा ठूलो उतारचढाव भएको छ ।
स्विट्जरल्यान्ड सरकारको समर्थनसहित इन्भेस्टमेन्ट बैंकिङ कम्पनी (युबिएस)ले हालसालै मात्र क्रेडिट स्विसको जिम्मेवारी सम्हालेको छ । यी दुई बैंक विश्वमा पुँजी लगानी गर्ने ठूला बैंक हुन् । स्वीस बैंकिङ आफ्नो वित्तीय सुदृढताका लागि लोकप्रिय छ । यसैकारण क्रेडिट स्वीस अन्त्य हुने र युबिएससँग उसको विलयले युरोपियन देशभित्र तथा बाहिरका मानिसलाई आश्चर्यमा पारेको छ ।
त्यसो त यसअघि पनि सिलिकन भ्याली बैंक र कोर सिग्नेचर बैंक असफल भएपछि विश्वभरमै डर फैलिएको थियो । यी दुवै अमेरिकी बैंकले टेक्नोलोजीको क्षेत्रमा पुँजी लगानी गर्थे । यद्यपि, सन् २००८ पछि अमेरिकाका दुवै बैंक टाट पल्टिनु बैंकिङ क्षेत्रको ठूलो असफलता हो । तर, यी दुवै बैंक क्रेडिट स्विसको आकारभन्दा निकै साना थिए, जुन विश्वकै ३० ठूला बैंकमध्ये एक हो ।
यी बैंकबाहेक अरू कुनै पनि बैंक असफल बनेका छैनन् । तथापि, केन्द्रीय बैंकहरूमा खतराको घन्टी भने बज्न थालेको छ, जसले गर्दा आर्थिक लेनदेन सुनिश्चित गर्न मौद्रिक तरलता उपलब्ध गराउने नयाँ कदम घोषणा गरिएको छ । यस्तो घोषणाको इतिहास हेर्ने हो भने पछिल्लो २३ वर्षमा जम्मा दुईपटक मात्रै भएको छ । पहिलोपटक सन् २००८ को आर्थिक संकट र दोस्रोपटक कोभिड महामारीको सुरुवातमा । यो घोषणाको उद्देश्य जनताप्रति विश्वास बढाउनु र उपभोक्तालाई बैंकले अझै पनि ऋण दिन सक्छन् भन्ने सुनिश्चित गर्नु थियो ।
डिट स्वीसमा पहिलेदेखि नै समस्या उत्पन्न हुँदै आइरहेको छ । यसमा वर्षौंदेखि जारी जोखिम व्यवस्थापनको गल्तीदेखि सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) जस्ता काण्ड पनि सामेल छन् । गत हप्ता स्विस नेसनल बैंकका तर्फबाट उपलब्ध गराइएको ५० अर्ब डलरको आकस्मिक सहायताका बाबजुद बैंकले आफूलाई अचानक ओरालो लाग्दै गरेको देखे । र, ग्राहकले आफ्नो रकम अन्य बैंकमा ट्रान्सफर गर्न थाले । जब कि यसअघि टाट पल्टिएका दुई अमेरिकी बैंकका आफ्नै समस्या थिए ।
अमेरिकी केन्द्रीय बैंकले हालसालै मात्रै मुद्रादरमा अचानक वृद्धि ग¥यो । उक्त वृद्धिले बन्ड्सको मूल्य सस्तो बनाइदियो । फलतः ग्राहकको पैसा फिर्ता गर्ने विश्वास दिलाउन उसले तरलताको नीति अख्यितार गर्नुप¥यो । खासगरी टेक्नोलोजी कम्पनी, जसले सन् २०२१ को बबल्सपछि यस क्षेत्रमा आउने संकटबाट प्रभावित बने । यस्तै, उपभोक्तालाई भुक्तानी गर्न उसले आफ्नो बन्ड्सको ठूलो हिस्सा समयअघि नै घाटा खाएर बेच्नुप¥यो ।
सिग्नेचर बैंकचाहिँ क्रिप्टोकरेन्सीको मूल्यमा देखिएको ह्रासले अत्यधिक प्रभावित हुन पुग्यो । दुवै अमेरिकी बैंकले ग्राहकले जम्मा गरेको रकम भुक्तानी गर्न नसक्नुको कारण आफ्नो ब्यालेन्स सिट कमजोर रहेको चाल पाए । तर, क्रेडिट स्विससहित तीनवटै संस्थालाई प्रभावित पार्ने एउटा विषय हो, बैंकिङ सेक्टरमा तीव्र गतिमा बढिरहेको ब्याजदर हो । विश्वभरका केन्द्रीय बैंकले निरन्तर महँगी नियन्त्रण गर्न मुद्राको भ्यालु वृद्धि गरेका छन्, जुन कैयौँ देशमा दोहोरो अंकमा कायम छ ।
विश्लेषकहरूका अनुसार सन् २००८ को संकटले जसरी बैंकिङ सिस्टमलाई प्रभावित पारेको थियो, त्यो अवस्था अहिले छैन । त्यतिवेला विश्वकै बैंकले आफूहरू अमेरिकी रियल इस्टेट मार्केटमा व्यर्थको लगानीको सिकार भएको चाल पाए । यसका कारण सरकारले संकटकालीन सहायता घोषणा गर्नुपर्यो । वित्तीय संकट सतहमा आयो र वैश्कि आर्थिक दुर्दुसा निम्तियो । त्यसपछि बैंकलाई अधिक तरलता राख्न र यस्तो खतरालाई न्यूनीकरण गर्न नियम लागू गरियो ।नोबेल पुरस्कार विजेता पल क्रुगम्यानले एउटा आलेख लेख्दै आफूले आर्थिक संकटको लक्षण नदेखिएको उल्लेख गरेका छन् ।
अमेरिका र युरोपका नागरिकले आफ्नो बचतबारे चिन्ता लिनुपर्ने देखिँदैन । कतिसम्म भने कुनै बैंक या बिल्डिङ सोसाइटी धराशायी हुने स्थितिमा पनि उनीहरूको जम्मा पुँजीको सुरक्षा उपलब्ध छ । अमेरिकी सरकारले अढाई लाख डलरसम्मको सबै बैंक डिपोजिटको ग्यारेन्टी गर्छ । अमेरिकामा पुँजी सुरक्षाले विभिन्न प्रकारका बैंकिङ प्रडक्ट्सलाई कभर गर्छ । चेक र बचत खातादेखि प्रिपेड कार्ड र डिपोजिटको सर्टिफिकेटसम्म ।
सिलिकन भ्याली र सिग्नेचर बैंकको सन्दर्भमा अमेरिकी सरकारले एक कदम अगाडि बढाउँदै अढाई लाख डलरसम्मको बचतलाई पूर्ण सुरक्षा प्रदान ग¥यो । तर, अढाई लाखभन्दा बढीको राशिमा यस्तो सुरक्षा छैन ।
बीबीसीबाट



