Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि बैंकको रुपन्देही-ओमसतिया गाउँपालिकामा एक्सटेन्सन काउन्टर

२०७९ चैत्र ६ गते

बैंकिङ खबर/ एनएमबि बैंक लिमिटेडले ओमसतिया गाउँपालिकामा एक्सटेन्सन काउन्टर शुरु गरेको छ। एनएमबि बैंक लिमिटेड ठुटेपिपल शाखाको एक्सटेन्सन काउन्टर खोलिएको हो ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव सोनुले एक समारोहकाबीच कैचीले रिवन काटेर समुद्घाटन गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष मन्जित कुमार यादव सोनुले एनएमबि बैंक लिमिटेड गाउँपालिका भवनमै आफ्नो एक्सटेन्सन काउन्टर खोलेर वित्तीय सेवा शुरु गरेकोमा धन्यवाद ज्ञापन गर्दै पालिकाका आमजनतालाइ सहज, सरल र छिटोछरितो वित्तीय पहुँच पुग्ने विस्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्री, एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका क्षेत्रीय प्रवन्धक प्रभात सिंह खाती, अप्रेसन प्रबन्धक सुन्दर थापाको उपस्थिति थियो ।

एनएमबि बैंक लिमिटेड ठुटेपिपल शाखा प्रमुख सुनिल भट्टराईले आफुहरुले ग्रामीणस्थलमा सबै जनताको बीचमा वित्तीय पहुँच पुर्याउन एनएमबि बैंक लिमिटेड ठुटेपिपल शाखाको काउन्टर खोलिएको बताउनुभयो । ओमसतिया गाउँपालिका आमजनता, बुबाआमा, दाजुभाइ, दिदिबहिनीहरुलाई सहज बैकिङ्ग सेवा दिन आफुहरु दत्तचित्त भएर लाग्ने बताउनुभयो । बचत राख्ने, कर्जा लिने लगायतका सम्पूर्ण आर्थिक कारोबार ढुक्क भएर एनएमबि बैंकबाट गर्न आग्रह गर्नुभयो ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरी सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ओमसोतिया सगै १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।