
बैंकिङ खबर/एनएमबि बैंक लिमिटेड सुनवल शाखा नवलपरासीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासी जिल्ला सुनवल नगरपालिकाको सोमनाथमा अवस्थित सुनवल सामुदायिक सिकाइ केन्द्रमा करिब ७० जना महिलालाई वित्तीय साक्षरता प्रदान गरेको हो । एनएमबि बैंक लिमिटेड सुनवलका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले वित्तीय साक्षरता सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।
उहाँले महिला उद्यमशिलता, पैसाको बचत, लगानी, परिचालन, आयआर्जनका बैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैंकिङ्ग, पछिल्लो समयमा आइरहेका बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, भर्खरै शुरु गरिएको लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, एनएमबि बैंकले प्रदान गर्ने अन्य बैंकिङ्ग सेवा सुविधाको बारे अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सुनवल सामुदायिक सिकाइ केन्द्रका कार्यबाहक अध्यक्ष सन्जय कुमार श्रेष्ठले सुनवल क्षेत्रका महिला, आमा, दिदिबहिनीहरुलाइ बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा एनएमबि बैंकलाइ धन्यवाद दिदै कार्यक्रमबाट समय सापेक्ष र ब्यवहारिक बित्त सम्बन्धि ज्ञान आफुहरुले सिकेको बताउनुभएको थियो ।
कार्यक्रममा सुनवल सामुदायिक सिकाइ केन्द्रमा आबद्ध सदस्यहरु, सुनवल बहुउद्देश्यीय सहकारीका सदस्यहरु, लुम्बिनी माविका शिक्षक, सोमनाथ आमा समुहका सदस्यहरु, आयआर्जन समुहका सदस्यहरुको उपस्थित थियो ।
कार्यक्रममा उपस्थित महिलालाइ १० समुहमा बिभाजन गरि महिला उद्दमशिलताको सृजना, सन्चालन र सफलता बारे प्रयोगात्मक अभ्यास गरिएको थियो ।
कार्यक्रममा केन्द्रका सचिव लिला पङ्गेनि, सुनवल बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजराज उपाध्याय, लुम्बिनी माविका प्रधानाध्यापक हुमनाथ सुवेदी, सोमनाथ आमा समुहको अध्यक्ष गोमा आचार्य, केन्द्रको कर्मचारी शिक्षा अर्याल, आयआर्जन समुहका अध्यक्ष लगायतले बोल्नुभएको थियो ।
एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरि ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट पहिलोपटक एशिया महादेश भित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो ।सो कार्यक्रममा बैंकका कर्मचारी दिनेश वस्याल, कृष्ण पान्डे लगायतको उपस्तिथि रहेको थियो ।




