March 13th, 2023

राष्ट्र बैंक घेराउ गर्दै उद्योगी–व्यवसायी

बैंकिङ खबर/ चैतबाट लागू हुने गरी वाणिज्य बैंकहरुले ब्याजदर घटाएपनि उद्योगी व्यवसायीले भने आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् । चर्को ब्याजदरविरुद्ध सडकमा उत्रिएका उद्योगी–व्यवसायीले सोमबार नेपाल राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम रहेको राखेका छन् । उनीहरुले बिहान ११ बजे काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा घेराउ गर्न लागेका हुन् ।

राष्ट्र बैंक घेराउ कार्यक्रममा मुलुकभरिका उद्योगी–व्यवसायी सहभागी हुन आह्वान गरिएको छ । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको नेतृत्वमा फेरि आन्दोलन चर्किएको हो। आन्दोलनमा देशभरका विभिन्न क्षेत्रमा काम गरिरहेका ९ वटा महासंघ र ५९ वटा जिल्ला तथा वस्तुगत संघको समर्थन रहेको छ।

बैंक तथा वित्तीय समस्या समाधानार्थ विरोध कार्यक्रमअन्तर्गत संघर्ष समितिको अगुवाइमा आइतबार उद्योगी–व्यवसायीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए।