
बैंकिङ खबर/ एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवलस्थित माई च्वाइस रातो भाले रिसोर्टबीच एक सम्झौता भएको छ।सम्झौता अनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले माई च्वाइस रातो भाले रिसोर्टबाट प्रदान गरिएको सम्पूर्ण फुड आइटममा रिसोर्टको मेनुमा राखिएको मुल्यमा १५% छुट पाउनेछ्न् ।
फागु पुर्णिामा (होलि)को अवसर पारेर एनएमबि बैंक लिमिटेड र माई च्वाइस रातो भाले रिसोर्ट बिच सम्झौता भएको हो । सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्ट र माई च्वाइस रातो भाले रिसोर्टका संचालक बलराम पान्डेले हस्ताक्षर गर्नुभएको छ ।
एनएमबि बैंक लिमिटेड सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र माई च्वाइस रातो भाले रिसोर्टका संचालक प्रकाश भट्टराईले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गर्नुभएको थियो । यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।
सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु सो सुबिधा लिइ लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताउनुभयो । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो।
माई च्वाइस रातो भाले रिसोर्ट करिब २ करोड लगानीमा विगत साढे ३ बर्षदेखि नवलपरासी जिल्लाको सुनवल तुरिया पुल नजिकै अत्याधुनिक सेवा सहित खोलिएको छ । यस क्षेत्रको एक उत्कृष्ट सुविधासप्पन्न रिसोर्ट रहेको संचालक बलराम पाण्डेले बताउनुभयो । सस्तो मुल्यमा गुणस्तरीय सेवा पाइने उहाँको दावी छ । रिसोर्टमा करिव १५० भन्दा बढी सफा, ताजा र स्वादिष्ट आइट्महरु पाइन्छन् ।
सुबिधा सप्पन्न आधुनिक बातानुकुल डिलक्स कोठाहरु तथा एउटा ५० जना अटाउने कन्फ्रेन्स हल र अर्को २०० जना अटाउने उत्कृष्ट बैन्कुट हल रहेका छ्न। जसमा विवाह, ब्रतबन्ध, सेमिनार लगायतका कार्यक्रमहरु गर्न सकिनेछ। रिसोर्टमा नेपाली, इन्डियन, चाइनिज, इटालियन कन्टीनेन्टल खानाका स्वादिष्ट परिकारहरु सुपथ मुल्यमा पाइने संचालक प्रकाश भट्टराईले बताउनुभयो ।