Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकले डाक्यो साधारणसभा, प्रमुख एजेण्डा लाभांश पारित

२०७९ फाल्गुन १९ गते

बैंकिङ खबर/ कृषि विकास बैंकले चैत १४ गते बार्षिक साधारणसभा डाकेको छ। बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेसँगै साधारणसभा डाकेको हो।

सभाले २ प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्ने छ। बैंक सञ्चालक समितिले आम सर्वसाधारणलाई ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यसबाहेक अविमोच्य असंचिति अग्राधिकारसेयरधनीलाई ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। सभाले साधारण सेयरधनीका तर्फबाट तीन जना सञ्चालक चयन गर्ने छ। अन्य प्रस्तावहरु सामान्य र नियमित छन्।