बैंकिङ खबर/सरकारले चालु आर्थिक वर्ष २०७९÷८० को माघ महिनासम्म झण्डै २३ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार पूँजीगत बजेटतर्फ १ करोड रुपैयाँ भन्दा बढीको एक कजेट उपशीर्षकबाट अर्को उपशीर्षकमा उक्त रकम बराबरको रकमान्तर भएको हो ।
यस्तो रकम २२ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । जसमा सबैभन्दा धेरै पुस महिनामा भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पुसमा मात्र २२ अर्ब २ करोड ५० लाख रुपैयाँ रकमान्तर भएको छ । यस महिनामा सरकारले विकास ऋणलाई ट्रेजरी बिलमा रकमान्तर गरेको थियो । ट्रेजरी बिलको सावाँ भुक्तानी गर्न अपुग रकम व्यवस्थापन गर्ने प्रयोजनका लागि यो रकम रकमान्तर भएको मन्त्रालयले जनाएको छ ।