
बैंकिङ खबर/सिरहामा ग्लोबल आईएमई बैंकको ब्रान्चलेस बैंकिङबाट ९ लाख रुपैयाँ लुटिएको छ । बुधबार दिउँसो ३ बजे मिर्चैयाबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको हो ।
मोटरसाइकलमा रकम लिएर कल्याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ ।


