Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइएमई पे र मेटलाइफ इन्सोरेन्सवीच सम्झौता

२०७९ फाल्गुन १० गते

बैंकिङ खबर/आइएमई पे र मेटलाइफ इन्सोरेन्सवीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्ने छन् ।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गर्नुभएको छ ।