बैंकिङ खबर/सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । चालु आवको यो अवधिमा २ खर्ब ८४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँले सार्वजनिक ऋण थपिएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट अर्धवार्षिक समीक्षामा गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले सो अंकमा बढेको हो । सो ऋणमध्ये १० खर्ब ४५ अर्ब ९३ करोड १९ लाख रुपैयाँ वैदेशिक ऋण हो भने ९ खर्ब ६७ अर्ब ९१ करोड ७३ लाख आन्तरिक ऋण हो ।
Notice-for-BFIs



