Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंक लिमिटेड विशेष छुट योजना

२०७९ माघ १७ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले सीजी डिजिटल एण्ड एलजी शपे बाट सामान खरिद गर्दा कुमारी बैंकको ग्राहक महानुभावहरुले विशेष छुट प्राप्त गर्ने योजना ल्याएको छ ।

अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आधिकारिक सीजी डिजिटल र एलजी शपे मार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजनाको फाईदा कुमारी बैंकका ग्राहकहरुले फागुन १५, २०७९ सम्म पाउनेछन् ।

डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत सीजी डिजिटल एण्ड एलजी शपेमा आफ्नो डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्न मिल्ने प्रावधान गरेको हो ।

आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।