January 23rd, 2023

६ महिनामा व्यापारघाटा ७ खर्ब ११ अर्ब

बैंकिङ खबर/चालू आर्थिक वर्षको ६ महिनामा नेपालको व्यापारघाटा ७ खर्ब ११ अर्ब रुपैयाँ बराबरको देखिएको छ। पुस मसान्तसम्ममा नेपालले ७ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु खरिद गरेको छ भने ८० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ।

गत आर्थिक वर्षको तुलनामा नेपालको वस्तु आयात र निर्यात दुवैमा कमी आएको देखिएको छ। जसकारण नेपालको वैदेशिक व्यापारको आयतन समेत घटेको भन्सार विभागले जनाएको छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा वस्तु आयात २० दशमलव ६८ प्रतिशत र वस्तु निर्यात ३२ दशमलव ०१ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको ६ महिनाको नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब रुपैयाँको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा ८ खर्ब ७३ अर्ब रुपैयाँको मात्रै छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]