Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंक र माया लाउन्ज एण्ड रेस्ट्रो प्रा. लि. बीच सम्झौता

२०७९ माघ ६ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेड र माया लाउन्ज एण्ड रेस्ट्रोबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत माया लाउन्ज एण्ड रेस्ट्रोका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।

बैंकका डेबिट/क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त रेस्ट्राको माछापोखरी र मध्य वानेश्वोर शाखाबटा खाना र पेय पदार्थ शुल्कमा १०% र विभिन्न भेला वा समारोहमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।