Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फस्र्ट माइक्रो फाइनान्स: १९ प्रतिशत वोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने

२०७९ माघ १ गते

बैंकिङ खबर/ फस्र्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाको तेह्रौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिकातर्फबाट अध्यक्ष सुरेन्द्र राज रेग्मीले प्रस्तुत गर्नु भएको सञ्चालक समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिम तयार गरिएको वार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदन समेत पारित गरेको छ । उक्त सभाले आ.व २०७८।०७९ को मुनाफाबाट शेयर धनीहरुलाई संस्थाको चुक्ता पूँजीको १९ प्रतिशत वोनस शेयर र १ प्रतिशत नगद(कर प्रयोजनका लागि)लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यसैगरी साधारण सभाले संस्थापक शेयरधनी (समूह‘क’)कोतर्फबाट ३ सञ्चालक पदका लागि निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित हुने संस्थापक शेयरधनीहरुमा ग्लोबल आइएमई बैकको तर्फबाट प्रतिनिधित्व गर्नु हुने सुरेन्द्र राज रेग्मी, कुमारी बैकको तर्फबाट प्रतिनिधित्व गर्नु हुने गणेश कुमार के.सी.र आइसिएफसी फाइनान्स कम्पनीबाट प्रतिनिधित्व गर्नु हुने अमित श्रेष्ठ रहनु भएको छ । साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले सुरेन्द्र राज रेग्मीलाई अध्यक्षमा चयन गरेको छ ।