Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१६ लाख हुण्डी रकमसहित एक जना पक्राउ

२०७९ पुष २७ गते

बैंकिङ खबर/ हुण्डी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुरका ४२ वर्षीय राजेशकुमार साह रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

साहलाई स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार यो रकम हुण्डी कारोबारमा प्रयोग भएको खुलेको छ ।

साहमाथि शंका लागेर जाँच गर्दा स्कुटरको डिक्कीभित्र लुकाइ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको बेला धनुषाको विदेह नगरपालिका–२ दुहवीबाट पक्राउ गरिएको हो । कालो प्लाष्टिकको झोलामा एक हजारको नोट ७ सय ४८ थान, पाँच सयको नोट एक हजार ६ सय ४४ थान, एक सयको दुई सय ६० थान र ५० रुपैयाँका ८० थान नोट प्रहरीले बरामद गरेको छ ।