January 9th, 2023

लक्ष्मी केयर्सद्वारा ट्रिब्युट टु लिजेन्ड्स सांगितिक कार्यक्रम आयोजना

बैंकिङ खबर/लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ गायक दिपक खरेलको सम्मानमा आयोजित कार्यक्रममा गायक खरेलले करिब ३०० दर्शक श्रोतामाझा आफ्नो एकल प्रस्तुत गर्नुभएको थियो ।

विभिन्न कर्पोरेट संस्थाका विशिष्ट व्यक्तिहरुका साथसाथै संगीतका पारखीहरुको उपस्थिति रहेको कार्यक्रम गाला डिनरका साथ सम्पन्न भएको थियो ।

कार्यक्रमको आयोजनाबाट प्राप्त रकम लक्ष्मी केयर्सले सामाजिक कार्यमा उपयोग गर्नेछ । सन् २०१९ मा वरिष्ठ गायक दिप श्रेष्ठको एकल गायनका साथ सुरु भएका ट्रिब्युट टु लिजेन्ड्स श्रृंखलाको यो दोस्रो संस्करण हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]