
बैंकिङ खबर/ लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडबीच मर्जर सम्झौता हुँदैछ । यी दुई बैंकबीच सोमबार दिउँसो ४ बजे मर्जर सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक कार्यक्रम तय गरिएको छ ।
पछिल्लो समय बैंकहरु धमाधम मर्जर प्रक्रियामा जान थालेका छन् । सोमबार मात्रै ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले एकीकृत कारोबार शुरु गरेका छन् ।


