ओम डेभलपमेन्ट बैंक लिमिटेड ९ बर्ष पूरा गरि १० बर्षमा प्रवेश गरेको छ । १० औ बार्षिकोत्सवको अवसर पारेर बैंकले बिन्दबासिनी मन्दिर परिसरमा सरसफाई गरेको छ । सोही अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।बैंकको प्रधान कार्यालयमा सम्पन्न रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, तथा अन्य ब्यक्तिहरुबाट गरि ५१ युनिट रगत संकलन भएको छ । बैंकले यसअघि बिन्दबासिनी एम्बुलेन्स सेवा सञ्चालनको सहयोगार्थ भवन निर्माणको लागि रु. १५ लाख सहयोग गरेको थियो ।
ओमले मनास्लु विकास बैंकसँग मर्जरको लागि सैद्धान्तिक सहमति गरेको छ । दुबै संस्थाको प्रस्तावित बोनस शेयर तथा मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६८ करोड, निक्षेप १४ अर्ब ४९ करोड र कर्जा १२ अर्ब ५१ करोड पुग्ने बताइएको छ ।



