Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको डा. भगवान कोईरालासँग सहकार्य

२०७९ पुष २४ गते

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एंवम डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालित गैर नाफामुलक संस्था प्बतजmबलमग क्ष्लकतष्तगतभ या ऋजष्मि ज्भबतिज संग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको छ ।

बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा.भगवान कोईरालाले हस्ताक्षर गर्नुभएको उक्त सम्झौता बमोजिम झापा जिल्ला दमकस्थित निर्माणाधिन बालअस्पताल निर्माणको लागि बैंकले रु ५ लाख सहयोग गर्नेछ ।

बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेलले बताउनु भएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।