Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता

२०७९ पुष २१ गते

बैंकिङ खबर/नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । साझेदारीसँगै नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्ने जनाएको छ ।

नबिल बैंक लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अलोई प्राइभेट लिमिटेडका सहसंस्थापक सोनिका मानन्धरले यो साझेदारीका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । वरिष्ठ सीईओ शाक्यले दिगो वित्तपोषणका रुपमा कमर्सियल इलेक्ट्रिक भेइकललाई सहजरुपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए । दिगो बैंकिङकोे रूपमा नबिल बैंकले व्यवसायिक विद्युतीय सवारी साधन खरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ ।