
बैंकिङ खबर/चोरीको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका–११, मिनी मार्केट क्षेत्रबाट एक युवक पक्राउ परेका छन । डलर, भारु, युरोसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी – १० पाथेका २१ वर्षीय सुजन गिरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राकेशकुमार पोदारका अनुसार गिरीको साथबाट १ लाख ८५ हजार ४ सय १५ नेपाली रुपैयाँ, अमेरिकी डलर २ सय ९२, २ लाख ५९ हजार एक सय भारतीय रुपैयाँ र ८० युरो बरामद गरिएको छ ।
केही दिनयता गाईघाटस्थित मेलिना होटेलमा बस्दै आएका उनीमाथि प्रहरीले निगरानी गर्दा अवैध गतिविधिमा संलग्न भएको खुलेको हो । त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान,सुन जस्तो देखिने पहेँलो धातुको औंठी १, एउटा घडीलगायतका सामान पनि उनीबाट बरामद गरिएको डीएसपी पोदारले बताए ।


