Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बाराही हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

२०७९ पुष १८ गते

बैंकिङ खबर/ बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधरणको लागि निष्काशन गरेको ७ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको १८ लाख कित्ता सहित २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

उक्त ओपनिङ्ग रेन्जको आधारमा मंगलबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ । नेप्सेले कम्पनीको शेयरलाई बिएचपीएल कारोबार संकेत प्रदान गरेको छ ।