Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एटिएम मेशिन फुटाउन खोज्ने युवक पक्राउ

२०७९ पुष १८ गते

बैंकिङ खबर/ बैंकको एटिएम मेशिन फोड्न खोजेको आरोपमा प्रहरीले काठमाडौंको चन्द्रािगरीबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका २८ वर्षीय प्रकाश मगर छन् ।

चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउन लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आरोपी चन्द्रागिरी नगरपालिका–७ स्थित चेकपोष्टमा बस्दै आएका छन् ।

स्क्रु प्रयोग गरेर एटिएम चोरी गर्न खोजेको प्रहरीको आरोप छ । घटनाबारे प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ ।