
बैंकिङ खबर/ प्रभु बैंकको वार्षिक साधारण सभा बिहीबार(आज) शुरु भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय, बवरमहल, काठमाडौंमा बिहान ९ बजेबाट शुरु भएको छ । सभामा कम्पनीले ६.५०% बोनस सेयर र १.५०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, सेञ्चुरी कमर्सियल बैंकको सभा पनि आज (पुस १४ गते) सुरु भएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजेबाट शुरु भएको छ । सभामा बैंकले ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा दुवै बैंक १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुनको लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।
सभामा दुवै बैंकको आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने–गाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा छ ।


