December 26th, 2022

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

बैंकिङ खबर/  मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन दरबारमार्गस्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकले गुरु ट्राभल्समा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा सुविधामा छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२ र कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]