December 25th, 2022

नक्कली नोटसहित पक्राउ

बैंकिङ खबर/ नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका २ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थान सहित चुरे गाउँपालिका ६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]