Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नक्कली नोटसहित पक्राउ

२०७९ पुष १० गते

बैंकिङ खबर/ नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका २ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थान सहित चुरे गाउँपालिका ६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।