Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंकको सञ्चालक समिति बैठकः यस्ता छन् निर्णय

२०७९ पुष १ गते

बैंकिङ खबर/माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो।

उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने प्रस्तावसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेस गर्ने बैठकले निर्णय गरेको छ।

राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणमा स्वीकृतिका लागि पेस गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको छ।