Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त

२०७९ मंसिर २८ गते

बैंकिङ खबर/नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त हुनुभएको छ । एसबिआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत जयतीलाई बैंक सञ्चालक समितिले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
उहाँले एसबिआईको विदेशी रणनीति, व्यवसाय प्रवद्र्धन, सञ्चालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरुको सञ्चालनलगायतका मामिलाको जिम्मेवारी सम्हाल्नुभएको थियो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका नवनियुक्त अध्यक्ष जयतीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।