Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकलाई ‘Excellence in E-Commerce Business 2022’ अवार्ड

२०७९ मंसिर २६ गते

बैंकिङ खबर/ कुमारी बैंकलाई ‘Excellence in E-Commerce Business 2022’अवार्ड प्रदान गरिएको छ । यहि मिति २०७९ भाद्र १५ मा Visa International द्वारा ‘Leaders’ Conclave Payments Innovation For Digital Nepal’ सम्मेलनको आयोजना भएको थियो ।

सो आयोजित Leaders’ Conclave सम्मेलनमा Visa International द्वारा कुमारी बैंक लिमिटेड लाई ‘Excellence in E-Commerce Business 2022’ अवार्डले सुसम्मानित गरिएको हो । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन (Innovative Product) र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा (Highest Ecommerce Business Volume) हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाएको छ ।