Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकको ‘दराज १२.१२’ योजनाका लागि दराजसँग सहकार्य

२०७९ मंसिर २५ गते

बैंकिङ खबर/ सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज १२.१२’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ। योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. एक हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम् रु १ हजार २१२ सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। छुटका लागि ग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगईन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर सङ्कलन गरी खरीद गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सकिनेछ।

यो योजना २०७९ मंसिर २६ देखि पुस ३ गतेसम्म ७ दिनका लागि लागू हुनेछ। सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन्। साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।