Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंकको वित्तीय प्रतिवेदन सञ्चालक समितिबाट अनुमोदन

२०७९ मंसिर २५ गते

बैंकिङ खबर/ लक्ष्मी बैंकले सेयरधनीहरुलाई प्रतिफल वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई कुनै किसिमको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको कमाइको सबै रकम जगेडा कोषमा सञ्चित गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको हो । साथै बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनलाई अनुमोदन गरेको छ । उक्त प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि बैंकले गरेको छ । राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकले साधरण सभा बोलाउने छ ।