October 16th, 2016

माछापूछ्रे बैंकको सीईओमा निरज कुमार श्रेष्ठ

niraj_shrestha

माछापूछ्रे बैंकको सीईओमा निरज कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनले गत शुक्रबारदेखि नै आफ्नो कार्यभार सम्हालेका हुन् । श्रेष्ठलाई असोज १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । यसअघि माछापूछ्रे बैंकको सीईओको कार्यभार तुलसीराम गौतमले सम्हाल्दै आएका थिए । गौतमको कार्यकाल सकिएपछि समितिले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । 

५१ बर्षिय श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । सन् १९८९ देखि तत्कालिन ग्रिनलेज बैंक(हालको स्ट्याण्डर्ड चाटर्ड बैंक)बाट बैंकिङ करिअर सुरु गरेका श्रेष्ठले सो बैंकमा १३ बर्षसम्म काम गरे । श्रेष्ठले एस फाइनान्समा करिब ३ वर्षसम्म काम गरे । त्यसपछि उनी तत्कालिन एनआइसी बैंकमा जोडिन पुगे । जीएमका रुपमा एनआइसी बैंकमा नौ बर्षसम्म काम गरेका श्रेष्ठले पछिल्लो पटक ग्लोबल आइएमई बैंकमा जोडिन पुगेका थिए । श्रेष्ठले केहि समय अघि मात्रै ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]