सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ललितपुर स्थित मानभवन शाखा (प्रिमियर फिनान्स कम्पनी लि लाई प्राप्ति) यही असोज २२ गतेबाट स्थानान्तरण भई उक्त शाखा ललितपुरको ग्वार्को(६ ुकु स्थित हारती भवनबाट संचालन गरिएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पुजापाठ गरि नयाँ भवनबाट शाखाको आरम्भ गरेका थिए ।
बैंकको आफ्नो कुल ५८ वटा शाखा, ५१ वटा ए.टि.एम. काउन्टर र ४८ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । बैंकले निकट भविष्यमा बर्दिवासमा रहेको आफ्नो शाखालाई पनि स्थानान्तरण गर्ने जनाएको छ ।



