Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आईएमई पेको डिशहोम नकआउट तीन सय अफर

२०७९ मंसिर १६ गते

बैंकिङ खबर/ आईएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र ३ सय रुपैयाँमा आईएमई पे एपबाट खरिद गर्न सकिनेछ।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ। यसमार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य ५ सय ६५ रुपैयाँ तिर्दा २ सय ६५ रुपैयाँ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन्।

यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ र यस अफरमार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन्।