Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच सम्झौता

२०७९ मंसिर १६ गते

बैंकिङ खबर/ नेपाल बैंक र नेपाल नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पुर्ण बैंकिङ कारोवार नेपाल बैंक मार्फत हुने भएको छ । प्राधिकरण पोखरामा आयोजित कार्यक्रममा बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमूख विक्रमराज गौतमले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा पन्तले बैंकका तर्फबाट विमानस्थलमा हूने बैंकिङ सम्बन्धी कारोबारमा कूनै गूनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यता प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलका प्रमुख गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने र आगामी दिनमा बैंक र प्राधिकरणको सम्बन्ध थप प्रगाढ बन्दै विश्वास व्यक्त गर्नुभयो ।