Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरः १० दिन कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

२०७९ मंसिर १६ गते

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ घर भई हाल काठमाडौं बस्दै आएका ५३ वर्षीय नारायण सिंह बराललाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको गत भदौ ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० लाख रूपैयाँ जरिवाना र १० दिन कैद सजाय ठहर भई फरार रहेका बराललाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले बराललाई बिहीबार डिल्लीबजारबाट पक्राउ गरेको जनाएको छ ।

बरालले २०७७ चैत ५ गते हिमालयन बैंक लिमिटेड डिल्लीबजार शाखामा रहेको आफ्नो खातामा रकम नभएको थाह हुँदा पनि जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको प्रहरीले बताएको छ ।