२०७९ मंसिर १७ गते

ग्राहक र बैंकबीचको बढ्दो असमझदारी: निरुपण र निराकरण

हरि प्रसाद आर्चाय

विषय प्रवेश

विगत केही महिनादेखि विभिन्न पत्रपत्रिका सामाजिक संजाल र अन्य संचार माध्ययममा बैंक र बैंकबाट विभिन्न किसिमको सेवा सुविधा उपयोग गर्ने विशेष गरी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा कारोबार वा वित्तीय सुविधा लिने सेवाग्राही बीचमा निकै नै असमझदारी (Misunderstanding) बढ्दै गएर चरमोत्कर्षमा पुगेको भान हुनेगरी संचार माध्यमहरुबाट खबरहरु सम्प्रेषित भएको पाइन्छ ।

तर यस्तो असमझदारी पैदा भएको वास्तविक कारणहरु पहिचान गर्न सकिएको खण्डमा समस्या त्यति गहिरो जटिल र सर्वसाधरणको बुझाई भन्दा अलि भिन्न किसिमको हो भन्ने यस पिडीतकारको रहेको छ । तपसीलमा केही वास्तविकताहरुलाई उजागर गर्नै प्रयास गरेको छु ।

नियामक निकाय (राष्ट्र बैंक) ले प्रभावकारी भूमिका निर्वाहा गरिरहेकाले सो नियम निर्देशनको दायरा भन्दा बाहिर गएर सेवा प्रवाह गर्नै, शुल्क तथा कमिशन लिने, ब्याजको निर्धारण तथा लागू गर्न, सेवा सुविधाका सर्त तथा बन्देजहरुमा लगाउने, ब्याजखोरी सुदखोरी गर्ने ग्राहको संरक्षण र हितको निमित्त दिएको निर्देशन पालना नगर्ने भन्ने प्रश्न उठ्नु वास्तविकता भन्दा अलि बाहिरको कुरा हो जस्तो लाग्दछ ।

वित्तीय मध्यस्यता सेवा क्षेत्र अन्य भन्दा अत्यन्तै संवेदनशिलता र सबैलाई सरोकार भएको हुनाले यसको संवेदनशिलतालाई विचार गरेर अन्य निकाय भन्दा वित्तीय निकाय नियामन अनुगमन, दण्ड सजाय, सुधारात्मक कारबाही, सचेतना आदी बढि नै प्रभावकारी भएको महसुस सबै पक्षबाट भएकै अवस्था छ ।

अतः नियामक निकायको कडा पहरेदारी भएको क्षेत्रमा ग्रहाक र सर्वसाधारणले बैंकले एकातर्फी रुपमा नियम कानून भन्दा बाहिर गएर ब्याजखोरी सुदरखोरी गर्यो, शर्त तथा बन्देजको पालना बढिनै अतिरञ्जीत हो की भन्ने भान पनि हुन्छ ।

बैंक तथा वित्तीय संस्थाको आफ्नै जिम्मेवारी

बैंकिङ व्यवसाय र सेवा आफ्नैमा अत्यन्त संवेदनशिल भएको यस किसिमको पेशा व्यवसायमा संलग्न व्यक्तिहरु सञ्चालन देखि तल्लोका कर्मचारीमा समेत अन्य नैतिक मूल्यमान्यता र आचरण व्यवहारको आवश्यकता, समस्या र त्यस्तो समस्याको समाधानबाट ग्राहकले प्राप्त गर्नै सन्तुष्टि नै बैंकको उदेश्यको दायराभित्रपर्ने हुनाले बैंकमा कार्यरत कर्मचारीले नियम कानूनको र आन्तरिक विनियम निर्देशनको दायराभित्र रहेर सेवा सुविधा ग्राहक समक्ष पुर्याउँछ ।

ग्राहकका आफ्नै जिम्मेवारी

हालको सूचना प्रविधिले फट्को मरिसकेको युगमा बैंक तथा वित्तीय संस्थाका सेवा ग्राहीहरु वित्तीय साक्षरता र त्यसमा जानकार भएका, सेवा तथा शर्त र बन्देज, ब्याज तथा कमिशन शुल्कको बारेमा जानकार अनि सचेत भएकाले त्यति धेरै असमझदारी बढिरहनु पर्ने कारण देखिँदैन । बैंक मात्र नभएर अन्य निकायबाट पनि विभिन्न माध्यमबाट बैंकिङ साक्षरता वित्तीय साक्षरता र शिक्षाका कार्यक्रमहरु सञ्चालनमा भएबाट पनि यसको निरुपण भएको मान्न सकिन्छ ।

बैंक र ग्राहकबीच असमझदारी बढ्नुका कारण

माथि भनिएअनुसार असमझदारी रोकथाम गर्न बढ्न नदिने र व्यवस्थापन गर्नतर्फ सबै अवयवहरु सक्रिय रहँदा रहँदै वा वित्तीय सेवाको प्रवाह आदान प्रदानको क्रममा थुप्रै असमझदारी रहने र त्यस्ता समस्यालाई बैलैमा सम्बोधन नगरिने गर्दा रहने र त्यस्ता समस्यालाई बैलैमा सम्बोधन नगरिनाले झन् विकराल रुपमा जाने गरेका त्यसको निमित्त नियामक नियाकबाट हस्तक्षेपकारी भूमिका निर्वाह भएको र अन्त्यमा कानूनी उपचारमा समेत जानुपर्ने प्रशस्त उदाहरणहरु हामी सामु जिवितै छन् । यसरी असमझदारी बढ्नमा ग्राहक मात्रै कारक तत्व नभई बैंक पनि अर्का र उत्तिकै जिम्मेवारपूर्ण कारकत्तत्व हुन जान्छ । अतः यस विषयलाई दुई भागमा बाँडेर हेर्दा प्रष्ट हुन जान्छ ।

Bank Induced Misunderstanding

(बैंकबाट सिर्जित असमझदारी)

यस्ता असमझदारीलाई निम्नानुसार सूचीबद्ध गर्न सकिन्छ ।

1.ग्राहकलाई वित्तीय ज्ञान र साक्षरता प्रदान गर्न नसक्नु ।

2.सेवा सुविधाको प्रकृति शर्त तथा बन्देज, ब्याज, शुल्क तथा कमिशन उपयोग र दुरुपयोगको अवस्था आदीको बारेमा जानकारी गराउन नसक्नु वा पूर्ण जानकारी नहुनु ।

3. ग्राहकको समस्यालाई सम्बोधन गर्न नसक्ने सेवासुविधाहरु प्रस्ताव गर्नु ।

4. गुनासो सुनुवाई र त्यसको सम्बोधनको संयन्त्र नहुनु ।

5. गुनासो ब्यवस्थापन प्रणालीको विकास र कार्यान्वयनमा ध्यान नपुग्नु ।

6. यर्थाथ र वास्तविकता उजागर नगर्नु ।

7.अत्याधुनिक प्रविधिमा आधारीत वस्तुको वारेमा जानकारी र उपयोग गर्न विधि नसिकाउनु (जस्तो Mobil app, Digital loan, Internet Banking ,POS ,QR)

8. ग्राहकलाई प्रविधिमैत्री बनाउन पहल नर्गनु ।

9. ठगी कारोबारको बारेका जानकारी र यसबाट बच्ने उपाय थाहा नपाउनु वा जानकारी नदिनु ।

10.वित्तीय अपराध जस्ता कार्य सम्बन्धि जानकारी नहुनु र सचेत नगराउनु ।

11. दक्ष र अनुभवी कर्मचारीको व्यवस्था नहुनु पर्याप्तता नहुनु ।

Customer Induced Misunderstanding – (ग्राहकबाट सिर्जित असमझदारी)

यस्ता असमझदारीलाई निम्न अनुसार सूचीबद्ध गर्न सकिन्छ।

1.बैंक तथा वित्तीय संस्थाहरुलाई वास्तविक वित्तीय समस्या लुकाउने छिपाउने र गलत तरिकाले प्रस्तुत गर्न ।

2.प्रयोजन अनुसार बैंक सुविधा उपभोग नगर्न वा दुरुपयोग गर्न ।

3. बैंकबाट लिएको कर्जा सुविधा सट्टेबाजी वा क्षणिक लाभ र उच्च जोखिमका क्षेत्रमा लगानी गर्न ।

4. बैंकलाई पर्याप्त मात्रमा धितो बन्धक पास गरिएकोले कर्जा सुविधा जसरी दुरुपयोग गरेपनि हुन्छ भन्ने मनोभावबाट ग्रसित हुनु ।

5. बैंकिङ कसुर तथा सजाय, मुद्रा निर्मलिकरण लगायत आधारभुत बैंकिङ कानुन र नियमसँग अनविज्ञ रहनु ।

6. बैंकमा धितो राख्ने प्रयोजनको लागीमात्र कम्पनीमा नगन्य मात्राको सेयर प्राप्त गरी एकाघरको धितो पास गराउनु ।

7. तत्काल केही रकम प्राप्त गर्ने प्रलोभनमा परी आप्नो नामको घर जग्गा बैंकमा धितो पास गरिदिने वा स्वामित्व हस्तान्तरण गरिदिने ।

8. बैंकबाट कर्जा उपभोग गरेर सृजित सम्पति बेचविखन गरि नगदबाट बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको सावा तथा ब्याज चुक्ता भुक्तान नगर्न र आम्दानीको स्रोतबाट प्राप्त रकम कर्जा चुक्ता गर्न बाहेक अन्य क्षेत्रमा प्रयोग गर्न ।

माथी उल्लेख भएअनुसार बैंक र ग्रहाकबीच पैदाहुने असमझदारी का कारण थाहा पाइसकेपछि निरुपण र निराकरण उत्तम उपायहरु सबै पक्षबाट खोजिनु अपरिहार्य हुन्छ । यसै प्रसंगमा फरक विषयवस्तु लाई यहाँनिर प्रवेश गराउन उपयुक्त होला ।

सन् २०२२ को अर्थशास्त्रको लागी नोवेल पुरस्कार तिनजना सोधकर्ताहरु Ben S.Bernanke, Dougals W.Diamond / Philip H.Dybvig संयुत्त रुपमा For the Research on Banks and Financial crisis  भन्ने विषयमा सोध कार्य गरि अर्थतन्त्रमा संकटपर्दा कसरी बैंकिङ प्रणालीले योगदान पुर्याउन सक्दछ । बैंकका ग्राहकले कसरी अभिभावकत्व प्राप्त गर्न सक्दछ भन्ने कुराहरुलाई निम्नानुसार अन्तरज्ञान प्रस्ताव भएबाट बैंकको महत्वलाई उजागर गर्न सकिन्छ ।

  1. Maturity Transformation
  2. Delegates Monitor
  3. Key for Real activity

नोबेल विजेताको सोधकर्तालाई समग्रमा भन्नु पर्दा पुँजी परिचालनमा बैकको महत्वपुर्ण भुमिका त रहन्छ नै । त्यसभन्दा बढी अल्पकालतिर श्रोत संंकलन गरी कसरी दिर्धकालीन लगानी सम्भव गराउँदछ । त्यस्तो अवस्थामा Trust Chain Break भएका कसरी Economic Crisis आउँदछ । कर्जा उपभोग गर्न ग्राहकले कसरी घर जग्गा Plant Machinery र अन्य परियोपना कर्जा प्राप्त गर्न सम्भव हुन्छ ।
चल्ती र बचत खातामा जम्मा भएको निक्षेप आवधिक कर्जा वा दिर्धकालीन कर्जामा परिणत गर्दा निक्षेपकर्तालाई तत्कालमाग भएको बखत दिनुपर्न तर ऋणीबाट तत्काल असुल गर्न नसकिने Maturity Mismatch लाई बैक प्रतिको विश्वासको कारण नदिको पानि र त्यसको वहाव जस्तै निक्षेप आउने जाने भइरहनेकारण परिपक्वता पनि रुपान्तरण हुँदै जान्छ ।
सोधको अर्का महत्वपुर्ण पक्ष के हो भने बचत कर्ताले आफ्नो बचत सिँधै ऋणीलाई लगानी गर्न सक्दैन । किनभने त्यसमा जोखिम वा आफ्नो बचत फिर्ता नहुने सम्भावना रहन्छ ।

अतः बचतकर्ताले बैंकलाई आप्नो जोखिम रक्षको रुपमा प्रयोग गर्दछ । जसले गर्दा उसलाई विना रोकतोक रकम माग गर्दा बैंकबाट फिर्ता पाउँदछ ।

सोधको अर्को पक्ष भनेको बैंकले परामर्श सेवा अभिभावकत्व प्रदान गर्दा के ब्यवसाय जसले बैंकको कर्जाको उपयोग गरेकोे छ । उसको व्यवसायिक गतिविधी कसरी संचालन भएका छन् । ऋण चुक्ता भुत्तान गर्न सक्ने अवस्थामा छ वा छैन भन्ने कुरा सुक्ष्म परिक्षण गरि आवश्यक सुधारात्मक उपाय पनि बैंकले सुल्झाउँछ ।

निष्कर्ष

बैंक प्रतिको गुनासो, ग्राहक र बैंक बीचको असमझदारी त्यसका कारणहरु बैंकले अर्थतन्त्रमा पुर्याउने टेवा र यसको अपरिहार्यता साथै Economics Science मा नोबेल पुरस्मार घोषणले कसरी यसको महत्वलाई अझ बढी उजागर गर्न खोजेको छ । आदी विषयहरुमा चर्चा र परिचर्चा भईसकेको छ ।

बैंक प्रतिको असमझदारी र गुनासो व्यवस्थापनतर्फ पनि सबैको बैलैमा ध्यान गएर आ–आफ्नो कर्तब्य र जिम्मेवारी पुरा गर्न तर्फ लाग्नु राम्रो हो न कि एक अर्काका पक्षलाई दोषारोपण गर्नु भने समाधानको बाटो भने अवश्य होईन । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्र तर्फको लगानी पछिल्लो तथ्याक अनुसार करिब ४७ खर्बको हाराहरी रहेको पाईन्छ । ग्रहाकको गुनासोको सम्बन्धमा प्रमुख गुनासो कर्जा ब्याज वृद्धि नै हो जस्तो लाग्दछ । ब्याजदर वृद्धि बैंकको निश्चय पनि रहर नभएर बाध्यता हो भन्ने कुरा ग्राहक वर्गले बुझ्नुपर्ने हुन्छ ।

निक्षेपमा बढेको ब्याजलाई क्षतिपुति गर्न कर्जाको ब्याजदर बढाउन स्वाभिक भएतापनि निक्षेपको ब्याज तत्काल बढेर जसले बैंकको लागत बढाउने त्यस्तो बढेको ब्याजको कारण आधारदरमा हुन जाने वृद्धिलाई आगामी त्रैमासिक रुपमा समायोजन गर्न पाउने नियमनकारी व्यवस्था भएबाट बैंकले ३ महिनाको लागि बढी लागत बोकेर बस्नुपर्न र जसले गर्दा बैंक तथा वित्तीय सस्थाहरुको नाफामा प्रतिकुल असर पु¥याउँदछ । त्यस्तैगरी आधार दरमा भएको वृद्धिबाट कर्जाको ब्याज बढन जाँदा कर्जा भुत्तानीमा समस्या भई गुणस्तरमा कमि आउन सक्ने र अन्तत बैंक तथा वित्तीय संस्थाहरुको नाफामा धेरै असर पर्न सक्दछ ।

अन्त्यमा, हाल अर्थतन्त्रको असहज परिस्थितीमा ग्रहाकले बैंक र बैंकले ग्राहक बुभ्नुपर्ने, सुन्नुपर्ने र एकले अर्कालाई पूर्णरुपमा सहयोगी भावना राख्न सकेका दुबै पक्षको हित हुने बाहेकको विकल्प देखिदैन । एक आपसमा Co-operation नै उत्तम उपाय हुनेछ र बैक ग्राहक विना र ग्राहक विनाको वित्तीय कारोवारको परिकल्पना पनि गर्न सकिँदैन् ।