November 27th, 2022

रुपन्देहीको चौराहामा नेपाल बैंकको शाखा उद्घाटन

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । बैंकले शुक्रवार बुटवल उपमहानगरपालिका – ९ चौराहाबाट औपचारिक रुपमा सेवा सुरु गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । 

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका  नगर प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा शाखाको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष गंगा प्रसाद ज्ञवालीले बताउनुभयो । 

नेपालभर २२६ शाखा कार्यालय र १९९ एटिएस शाखा रहेको छ । बैंकले ५० वटा एक्सटेन्सन काउन्टर मार्फत देशभरका २३ लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]