
बैंकिङ खबर/कुमारी बैंकले विशेष साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभाका लागि भन्दै मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ ।
१४ गतेसम्म कायम रहेका सेयरधनी मात्रै सभामा भाग लिने पाउनेछन् । बैंकले सभाका लागि भन्दै एक दिन मात्रै बुक क्लोज गर्ने भएको हो । बैंकले विशेष साधारणसभाको मिति भने तय गरेको छैन।




