Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकद्वारा तीन नयाँ सेवा शुरुवात

२०७९ मंसिर ५ गते

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले तीन वटा नयाँ सेवाको शुभारम्भ गरेको छ । बैंकका अधिकृत कृष्णबहादुर अधिकारीले अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाइजेशन र डलर प्रिपेड कार्य सञ्चालनमा ल्याएको घोषणा गर्नुभएको छ । बैंकले आफ्नो ८६ औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको जनाएको छ । विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैङ्क  लिमिटेड २०७९ कात्तिक ३० गते ८५ औँ वर्ष पूरा गरी ८६ औँ वर्षमा प्रवेश गरेको छ ।

बैङ्कले नेपालभर २२६ शाखा, १९९ एटिएम मेसिन र ५० वटा एक्टेन्सन काउन्टरमार्फत २३ लाख ग्राहकलाई वित्तीय सेवा पु¥याइरहेको छ । त्यस्तै, बैङ्कले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैङ्किङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको बैंकका सहायक प्रमुख अधिकृत एवम् प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रवक्ता अधिकारीले विगत केही वर्ष यता बैङ्कले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताउनुभयो ।