
बैंकिङ खबर/सानिमा बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल १०.९८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।९८ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले बैंकको अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक सहमति तथा सम्झौता गर्नेलगायत बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदनमा पनि पारित गर्नेछ।


