
बैंकिङ खबर/ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले गतवर्षको लाभांशसहित वित्तीय प्रतिवेदन पारित गर्न वार्षिक साधारणसभा डाकेको छ । बैंकले मंसिर २५ गते साधारणसभा डाकेको हो । सभाले गतवर्षको नाफाबाट प्रस्ताव गरिएको १६.५१ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकले साधारणसभा डाकेको हो । सभाले साधारण सेयरधनीका तर्फबाट एक जना सञ्चालक चयन गर्नेछ । बैंक पोहोर राष्ट्र बैंकको नियमविपरीत प्रिमियम बढाएर ऋणीसँग पैसा असुलेको थियो । त्यो बराबरको ४० लाख रुपैयाँ फिर्ता गरेपछि राष्ट्र बैंकबाट साधारणसभा गर्ने स्वीकृति पाएको हो ।


