Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकको चर्को व्याजविरुद्ध बेलबारीका उद्यमी आन्दोलित

२०७९ मंसिर १ गते


बैंकिङ खबर/बैंकहरुले चर्को व्याजदर निर्धारण गरेर व्यवसायीहरुलाई थप संकट बनाएको जनाउँदै बेलबारीका उद्यमीहरु आन्दोलित भएका छन् । उनीहरुले आज दिउँसो उच्च बैंक व्याजदर तथा प्रतिकूल बैकिङ नीतिहरुविरुद्ध विरोध प्रदर्शन समेत गरेका छन् ।

सो प्रदर्शन बेलबारी–३ पुरानो मालपोतबाट सुरु भएर दुर्गा मन्दिर हुँदै राष्ट्रिय वाणिज्य बैंक अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । बेलबारी उद्योग वाणिज्य सङ्घ र उत्तरी मोरङ होटल व्यवसायी सङ्घको आयोजनामा भएको कार्यक्रममा व्यवसायीहरु प्ले–कार्डसहित नाराबाजी गर्दै विरोधमा उत्रिएका थिए ।

बैंकले व्याज वृद्धि गर्दा व्यवसायीहरु थला परेको र उठ्नै नसक्ने गरी बोझ थपिएको बेलबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशजङ्ग कार्कीले बताउनुभयो । बैंकहरुले बढाएको व्याज तत्काल फिर्ता लिन र व्यवसायीहरुलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन पर्यटन व्यवसायी विजय सुवेदीले आग्रह गर्नुभयो ।