Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकमा रक्तदान कार्यक्रम सम्पन्न

२०७९ कार्तिक २९ गते

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाण्डौमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रमको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गर्नुभएको थियो भने कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गर्नुभएको थियो । नेपाल बैंक लिमिटेड यहि २०७९ कार्तिक ३० गते ८६ औं वर्षमा प्रवेश गर्दैछ ।

सोहि अवसरमा बैंकले बिभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । संस्थागत सामाजिक उत्तरदायीत्वमा अग्र पङ्क्तिमा रहेर भूमिका निर्वाह गर्दै आएको बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्दै आईरहेको छ ।

नेपालभर २२६ शाखाहरु, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।