Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ब्याजदर वृद्धिः प्रदेश १ का उद्योगी–व्यवसायीले बुझाए ज्ञापनपत्र

२०७९ कार्तिक २७ गते

बैंकिङ खबर/ प्रदेश नं. १ का उद्योगीव्यवसायीले नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय र मुख्यमन्त्रीको सचिवालयमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकालको नेतृत्वमा प्रदेश नं. १ का जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघलगायतमा आबद्ध उद्योगी–व्यवसायीले बैंकिङ क्षेत्रमा गर्नुपर्ने विभिन्न सुधारसहितको १९ बुँदे सुझाव ज्ञापनपत्रमा समावेश गरी बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउने क्रममा महासंघ प्रदेश नं. १ का अध्यक्ष ढकालले चर्को बैंक ब्याजदरका कारण अहिले उद्योगी–व्यवसायी ठूलो मारमा परिरहेको हुँदा समयमै यसको समाधानका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्नुभयो । उहाँले उद्योगी–व्यवसायीहरुका जायज मागमाथि बेवास्ता गरिए आगामी दिनमा अझ कडा रुपमा विरोधका कार्यक्रम ल्याउनेसमेत चेतावनी दिनुभयो ।

बैंक तथा वित्तीय संस्थाहरुबाट बैंक ब्याजलगायतका विषयमा गरिएको निर्णयबाट उद्योग–व्यवसाय क्षेत्रमा परेको असरका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको तथा नेपाल राष्ट्र बैंकले जारी गरेको चालुपुँजी कर्जा मार्गदर्शन आजको विषम परिस्थितिमा उद्योग–व्यवसायको प्रकृति नबुझी बैंकिङ क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी–व्यवसायीलाई पलायन हुनबाट जोगाउन अनुकूल वित्तीय वातावरण निर्माणका लागि पहल गर्न ज्ञापनपत्रमा आग्रह गरिएका छन्।