Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गोर्खाज फाइनान्सको पोखरा शाखा उद्घाटन

२०७९ कार्तिक २५ गते

बैंकिङ खबर/ गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो पोखरा स्थानान्तरित शाखा शुक्रबार एक कार्यक्रमबीच समुद्घाटन गरेकोे छ ।

वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संयुक्त रुपमा शाखा उद्घाटन गर्नुभएको छ ।

शाखा उद्घाटन समारोहमा मन्तव्य राख्दै वक्ताहरुले वित्तीय संस्थाले पु¥याएको सेवा प्रशंसा गर्दै आगामी दिनमा समेत अझ सशत्त रुपमा अगाडि बढ्न सुझाव दिनुभयो ।

वित्तीय संस्थाले आफ्नो देशभर रहेका २७ वटा शाखाहरुबाट स्तरीय सेवा प्रदान गर्दै आइरहेको र आगामी दिनमा समेत निक्षेप योजना तथा कर्जा लगानीमा नविनतम योजनाहरुसहित व्यवसाय विस्तार गर्ने योजना साथ अगाडि बढिरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिनुभयो ।