Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंक लिमिटेड र द हिमालयन गृल बाइ बाजेकोबीच सम्झौता

२०७९ कार्तिक २५ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेड र काठमाण्डांै वडा न १०, टोखा स्थित “द हिमालयन गृल बाइ बाजेको” बीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा, कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वा क्युआरमार्फत भुक्तानी गर्दा, विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ‘द हिमालयन गृल बाइ बाजेको को’ तर्फबाट संचालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्पmबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गर्नुभएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो । यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु वा क्युआर प्रयोगकर्ताहरुले “द हिमालयन गृल बाइ बाजेको” को टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।