Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको लाभांश घोषणा

२०७९ कार्तिक २५ गते

बैंकिङ खबर/ गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरि कुल १४.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८/७९ को संचित मुनाफा तथा शेयर प्रिमियम समेतबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५ सय १ रुपैयाँको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार बराबरको नगद गरि कुल १४.५० प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।